समाचार
ग्यालरी
मिति २०८०/११/२० गते देखि २०८०/११/२४ गते सम्म अजिरकोट गाउँपालिका पशु सेवा शाखा बाट संचालित ५ दिने पशुपन्छी स्वास्थ्य तथा बाझोपन निवारण घुम्ती शिविर अन्तर्गत प्रत्येक वडामा १/१ वटा गरि ५ वटा शिविर संचालन गरिएको थियो । उक्त शिविरमा प्रत्येक्ष ५४५ जनाको उपस्थिती भैइ कुल ६,९५१ बाख्रा/भेडा ८७५भैंसी /रागा ४२६ गाई/गोरु ७,५५३ कुखुरा ९८ कुकुर/ बिरालो १२ सुगुर/बंगुर का लागि आवश्यक औषधि वितरण गरिएको थियो। साथै अलि सिकिस्त बिरामीलाइ गोठमा गएर उपचार गरिएको थियो। जनावरको रोगको लक्षण मौखिक तथा मोबाइलमा लेराइएको भेडियोको आधारमा, गोबरको परिक्षण र जुकाको औषधि नखुवाएको साथै बाली समयमा नगएको आधारमा
गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तरगत ३९० घण्टा(६५ दिने) सिलाइकटाई सिप विकास तालिम वडा नं. ४ सिम्जुङमा सम्पन्न भयो। यस कार्यक्रमबाट १० जना लाभान्वित भए ।
अजिरकोट गाउँपालिका र नेपाली सेनाको आयोजनामा २०८० जेष्ठ १८ र १९ गते संचालन भएको दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न भयो । यस कार्यक्रममा सहभागी भई सेवाबाट लाभान्वित हुने बिमारीहरुको विवरण निम्न अनुसार रहेको छ
- हाड जोर्नी ३१२ जना ।
- स्त्री रोग १११ जना ।
- चर्म रोग ११८ जना ।
- नाक/कान/घाटी १०३ जना।
- आँखा सम्बन्धि १४८ जना ।
- जनरल ओ.पि.डि १२२ जना ।
- अन्य विविध. ४३ जना ।
गरी जम्मा ९७२ जना ।
अजिरकोट गाउँपालिका अन्तर्गत ५ वटै वडामा संचालन गरिएको सार्वजनिक सुनुवाई कार्यक्रम, २०७७
अजिरकोट गाउँपालिकाको छैठौ हिउदे गाउँ सभा सम्पन्न ।
उपभोक्ता समितिका पदाधिकारीहरुका लागि योजना संचालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम ५ वटै वडाहरुमा सम्पन्न ।
गर्भवती तथा सुत्केरी आमाहरुलाई अजिरकोट गा.पा द्वारा पोषिलो झोल कार्यक्रम अन्तर्गत माइतीको कोशिली वितरण ।