समाचार
अजिरकोट गा.पा.ले मनायो २९८ औं पृथ्वी जयन्ती ।
२८ पौष, अजिरकोट ।
अजिरकोट गाउँपालीकाले २९८ औ पृथ्वी जयन्ती तथा राष्टकीय एकता दिवस सभ्य र भब्यताका साथ मनाएको छ । गाउँपालिकाले सो गाउँपालिका ४ नं. वडा स्थित श्री जिवनज्योति मा.बि. बालुवाको ३३ औं वार्षिकोत्सव समारोह संगै पृथ्वी जयन्ती पनि मनाएको हो । बिद्यालय व्यवस्थापन समिति अध्यक्ष श्री बुध बहादुर गुरुङ्गको अध्यक्षता तथा अजिरकोट गाउँपालीकाका अध्यक्ष श्री फणिन्द्र प्रसाद धितालको प्रमुख आथित्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । बिशेष अतिथी का रुपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री अमरराज पगेनी, वडा नं.–३ का वडा अध्यक्ष श्री तयराज गुरुङ्ग तथा वडा नं.–४ का वडा अध्यक्ष जङ्ग बहादुर गुरुङ्ग रहनु भएको सो कार्यक्रममा अजिरकोट गाउँपालीका शिक्षा, युवा तथा खेलकुद शाखा प्रतिनीधि दिलिप धिताल, बिद्यालयका प्रधानाध्यापक पूर्ण बहादुर गुरुङ्ग, नि.बर्तमान प्रधानाध्यापकहरु, अविभावकहरु, बुद्धीजिवी, समाजसेवी लगायत बिद्यार्थीहरुको सग्लंनता रहेको थियो । प्रमुख अतिथी श्री फणिन्द्र प्रसाद धितालले दिप प्रज्वलन सहित कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । प्र.अ. बाट विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुती रहेको सो कार्यक्रममा अजिरकोट गाउँपालीका ४ नं. वडा स्तरीय प्राथमिक तह छात्रा नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । सहभागि ५ पाँच वटा बिद्यालयहरु मध्ये प्रथम स्थान श्री शिवालय प्रा.बि.की छात्रा सुस्मीता गुरुङ्ग, द्धितिय स्थान श्री कालीका प्रा .बि. की छात्रा आरती नेपाली, तृतिय स्थान चन्द्रकला प्रा.बि.की छात्रा रितु गुरुङ्ग, सान्त्वना तथा पाँचौ स्थान क्रमश श्री हिमालय मा.बि.की पार्वती नेपाली र श्री जिवनज्योति मा.बि. की मुस्कान सुनारले हासिल गर्नुका साथै पुरस्कार वितरण समेत सम्पन्न भएको थियो ।
सो अवसरमा प्रमुख अतिथिले नेपाल एकीकरणमा पृथ्वी नारायण शाहको भुमिकाको स्मरण तथा सम्मान गर्दै अजिरकोट गाउँपालिकाले पौष २७ गते गाउँपालिका भित्र सार्वजनिक विदा दिएको कुरा उल्लेख गर्नु भयो । अजिरकोट गाउँपालिकाले छिटै नै शैक्षिक योजना तयार गरि शिक्षा क्षेत्रलाई व्यवस्थित बनाउने धारणा समेत उहाँले व्यक्त गर्नुभएको थियो । विशेष अतिथिहरुले पनि नेपालको ईतिहासमा पृथ्वी नारायण शाहको योगदानको कदर हुनुपर्ने कुरा व्यक्त गर्दै आज पनि पृथ्वी नारायण शाहका कुटनीतिहरु उतिकै सान्दर्भिक रहेको कुरा राख्नु भएको थियो । सो अवसरमा आफ्नो मन्तव्यको क्रममा सहभागी सबै अतिथिहरुले श्री जीवनज्योति मा.बि. बालुवाको ३३ औं वार्षिकोत्सव समारोहको पूर्ण सफलताको कामना गर्नुभएको थियो । उक्त कार्यक्रममा बिद्यालयमा योगदान पु¥याउनु हुने ब्यक्क्तित्वहरुलाई कदर पत्र सहित सम्मान गरिनुका साथै बिशेष अतिथी र अतिथीहरुलाई मायाको चिनो समेत विद्यालयको तर्फबाट प्रदान गरिएको थियो । विद्यालयले आफ्नो वार्षिकोत्सव कार्यक्रम ३ दिन सम्म मनाउने जानकारी दिएको छ ।