FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

संघीय गणतन्त्र नेपाल भए पश्चात नेपालमा संघ, प्रदेश र स्थानीय तहमा विभाजन भएको छ । यसै क्रममा गोरखा जिल्लामा एघार स्थानीय तहमा परिणत भएको छ । जसमा साविकको घ्याच्चोक, खरिबोट, हंशपुर, सिम्जुङ्ग र मुच्चोक गा.वि.स हरुलाई एकिकृत गरी अजिरकोट गाउँपालिकाको गठन भएको छ । जसको परिचय देहाय बमोजिम रहेको छ ।
भौगोलिक अवस्थिति
अक्षांशः 28.155811
देशान्तरः 84.647799
क्षेत्रफलः १९८.०५ वर्गकिलोमिटर
जनसंख्याः १४८०२
सिमाना
पुर्वः सुलीकोट गाउँपालिका
पश्चिमः मलम्जुङ्ग जिल्ला
उत्तरः चुमनुब्री गाउँपालिका
दक्षिणः सिरानचोक गाउँपालिका
मुख्य मुख्य नदीः दरौंदी,चेपे नदी
राजनैतिक विभाजन
वडा संख्याः
बजारः भच्चेक बजार,चनौटे बजार,बालूवा बजार
प्रहरी चौकी भच्चेक,चनौटे 
ताल कुण्ड पोखरीः दुधपोखरी,
देवी मन्दिर, कोट 
अजिरकोटकाली मन्दीर

पूर्वमा दरौदी नदीसुलिकोट गाउँपालिका पश्चिममा चेपे नदीलम्जुङ्ग जिल्ला उत्तर तर्फ गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका र दक्षिण तर्फ सिरान्चोक गाउँपालकाबाट घेरिएर रहेको थोरै समथर टारहरु र अधिकांश पहाडी हरीयाली वातावरण र हावापानी रहेको, जैविक विविधताले भरीपूर्ण यो अजिरकोट गाउँपालिका हावापानीको दृष्टिले मात्र हैन ब्राम्हण, क्षेत्री, आदीबासीहरु घले, शेर्पा, गुरुङ्ग, तामाङ्ग, नेवार, दलित लगायतका जातजातीको संयुक्त बास रहेको यो  भूमी सांस्कृतिक दृष्टिले समेत विवधता र सम्भावनाले भरीपूर्ण रहेको छ ।  यार्सागुम्बा, रथविरथ, पाँचऔले, जटामसी, कुड्की, सदुवा, निरमसी जस्ता औषधीजन्य जडिबुटी तथा बौद्ध र हिमचुली हिमाल, दुग्धपोखरी, नारदपोखरी, नागेपोखरी, निम्चेपोखरी, नागेमाढी, तविमाढी, मितु माढी, सप्रो माढी, नार्गोमाढी लगायतका विसाल माढीहरु, दरौदी र चेपे जस्ता ऐतिहासिक महत्व बोकेका नदीहरु, डिहीटार, भरस्टार, फुर्वुजेटार, बुधसिंहटार, नौविसेटार, पोखराटार र मुच्चोकटार लगायतका यस गाउँपालिका क्षेत्रभित्रका प्राकृतिक सम्पदा र मानवीय साधन स्रोतको समुचित परिचालन गरी सफा, सुन्दर, समृद्ध र अनुकरणीय अजिरकोट

अजिरकोट गाउँपालिका नेपालको गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तर पश्चिम क्षेत्रमा  अवस्थित छ । यसको क्षेत्रफल १९८.०५ वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिका समुन्द्र सतह  देखि करीब ३०० मि. देखि ८००० मि. सम्म रहेको छ । यस गाउँपालिका ५ वडाहरू  घ्याच्चोक, खरिबोट, हंसपुर, सिमजुङ र मुच्चोक मिलेर बनेको छ । गाउँपालिकाको कूल जनसङ्ख्या १४,८०२ रहेको छ । यसको राजनैतिक सिमाना पूर्वमा शूलीकोट गाउँपालिका, पश्चिममा लमजुङ जिल्ला, उत्तरमा चुमनुब्री गाउँपालिका र दक्षिणमा सिरानचोक गाउँपालिकासम्म रहेको छ । अजिरकोट दरौंदी नदीय पूर्वीपाटो र च्यावन (चेपे) नदीतर्फको पश्चिमी पाटोको ठीक मध्यविन्दु डाँडामा अवस्थित पौराणिक कालदेखि वर्तमानसम्मको ऐतिहासिक, सामाजिक, राजनैतिक, धार्मिक, भौगोलिक, सामरिक धरोहरको रूपमा प्रसिद्ध गढी÷कोट हो । यस कोटको बगलमा रहेको चोक + भन्ज्याङको समायोजनबाट बनेको अलका नगरी भच्चेक बजारमा सैनिक–ब्यारेक, प्रहरी चौकी, कृषि विकास कार्यालय, हेल्थपोस्ट, हुलाक, बैंक सुविधा, सभाहल आदिबाट आवश्यक सुविधा लिन–दिन सकिन्छ र साथै आवश्यकीय सामग्री ल्याउन–लैजान सबै वडामा ट्र्याक्टर चल्ने कच्ची मोटर बाटोले गर्दा सुलभ पनि छ । थेरै समथर  टारहरु र अधिकाश  पहाड हरियाली वातावरण र हावापानी रहेके जिवक विविधताले भरिपूर्ण यस गाउँपालिका हावापनीके दृष्टिले मात्र हैन सास्कृतिक दृष्टिले समेत सबै जात जाती वगृ र समुदायका सयुक्त बसेवास रहेके छ । जसमा ब्राम्हण क्षेत्री अदिवासीहरु जसमा घले शेर्पा गुरुङ थोरै समथर टारहरु र अधिकांश पहाडी हरीयाली वातावरण र हावापानी रहेको, जैविक विविधताले भरीपूर्ण यो अजिरकोट गाउँपालिका हावापानीको दृष्टिले मात्र हैन ब्राम्हण, क्षेत्री, आदीबासीहरु घले, शेर्पा, गुरुङ्ग, तामाङ्ग, नेवार, दलित लगायतका जातजातीको संयुक्त बास रहेको यो  भूमी सांस्कृतिक दृष्टिले समेत विवधता र सम्भावनाले भरीपूर्ण रहेको छ ।  यार्सागुम्बा, रथविरथ, पाँचऔले, जटामसी, कुड्की, सदुवा, निरमसी जस्ता औषधीजन्य जडिबुटी तथा बौद्ध र हिमचुली हिमाल, दुग्धपोखरी, नारदपोखरी, नागेपोखरी, निम्चेपोखरी, नागेमाढी, तविमाढी, मितु माढी, सप्रो माढी, नार्गोमाढी लगायतका विसाल माढीहरु, दरौदी र चेपे जस्ता ऐतिहासिक महत्व बोकेका नदीहरु, डिहीटार, भरस्टार, फुर्वुजेटार, बुधसिंहटार, नौविसेटार, पोखराटार र मुच्चोकटार लगायतका यस गाउँपालिका क्षेत्रभित्रका प्राकृतिक सम्पदा र मानवीय साधन स्रोतको समुचित परिचालन गरी सफा, सुन्दर, समृद्ध र अनुकरणीय अजिरकोट